• २० असोज २०८३, मंगलबार
  • ६ः५४ बिहान

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन, न्युरोडका व्यापारीलाई जरिवाना

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०४:२९

१९ असोज, २०७८ काठमाडौँ : सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौँको न्यूरोड र मख्खन गल्लीमा अनुगमन गरेको हो।

National Life

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खन गल्लीमा ७ वटाभन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए। उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए।


अनुगमनमा मुख्य समस्याहरु खरिद बिक्री बिलको रहेको उनले बताए। उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए। उनले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

निरीक्षण अधिकृत झाले भने, ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ। आज न्यूरोड र मख्खन गल्लीमा हाम्रो टोलीले अनुगमन गरेको छ। त्यहाँका ७ वटाभन्दा धेरै पसलहरुमा अनुगमन गरेका छौँ। त्यसमध्ये ३ वटालाई तत्काल कारबाही गरेका छौँ भने बाँकी तीन वटालाई विभागमा बोलाएका छौँ।’


निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए।

प्रतिकृया