• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

दाङमा भिटेनको कन्सर्ट

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार १२:१०

१७ असोज, २०७८ काठमाडौँ : अनाथ बालबालिको सहयोगार्थ २३ असोजमा दाङको तुलसीपुर अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको छ । विजयादशमीको अवसर पारेर आयोजना हुन लागेको कन्सर्ट युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर समिर घिसिङ ‘भिटेन’को समेत प्रस्तुति रहनेछ ।

National Life

कार्यक्रममा भिटेनले आफ्ना पछिल्ला चर्चित गीत प्रस्तुत गर्नेछन् । सोही कार्यक्रममा ‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवार, नेपाल आइडल सिजन वान प्रतियोगी प्रताप दासको अलवा गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ लगायतको समेत प्रस्तुति रहनेछ ।


कन्सर्टबाट उठेको रकमबाट दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्य रहेको पि।एम इन्टरप्राइजेज जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया