• 3:05 pm

पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्षमा चयन

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ११:५६

१७ असोज, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाएको निर्णय सुनाएको स्रोतले जानकारी दियो ।


‘औपचारिक रुपमा आइसकेको छैन् । तर, आन्तरिक रुपमा उहाँ नै अध्यक्ष भएको घोषणा गरिएको छ,’ अखिल स्रोतले भन्यो ।क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए ।


उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन् ।

प्रतिकृया