शंखधर चोकमा दशैं तिहार बजार मेला
प्रकाशित मिति
२०७८ आश्विन १७ गते, आईतवार १०:४०
बाबुकाजी श्रेष्ठ
१७ असोज, मध्यपुर थिमि : आज बायरिलाँटोल सुधार समितिको आयोजनामा दशैं तिहार बजारको उद्घाटन नगरप्रमुख मदन सुन्दर श्रेष्ठले गरेका छन् ।
समितिका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, कार्यक्रम संयोजक रत्न श्रेष्ठ, उपाध्यक्ष उमेश श्रेष्ठ, वडाध्यक्ष कुमार श्रेष्ठ, विशेष अतिथि उपप्रमुख अञ्जना देवी मधिकर्मीले बजाधर प्रवद्र्धन गर्न यस्तो कार्यक्रमहरु प्रभावकारी हुने जनाएका छन् ।
स्थानीय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले असोज १६ गतेदेखि कार्तिक २७ गते सम्म दशै तिहार बजार संचालन हुने आयोजकले जानकारी दिए । प्रत्येक शनिबार सांस्कृतिक झांकी प्रस्ततु गर्नुका साथै नेवाः परिकारहरुको स्टल राखिने छ ।
त्यसै गरी प्रत्येक पसलबाट रू. १ हजार बराबर वा सो भन्दा बढी रकमको सामान खरिदमा उपहार कुपनको व्यवस्था आयोजकले गरेको समितिका अध्यक्ष राजेश श्रेष्ठले जनाए ।








प्रतिकृया