• १९ असोज २०८३, सोमबार
  • ४ः०९ बेलुका

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०८:२०

१७ असोज, २०७८ काठमाडौँ : ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो ।

National Life

‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाउनुभयो । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना गर्‍याे, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरुलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं ।’ –पूर्वमाओवादी नेता मोहन वैद्यले अन्तर्वार्तामा बोलेको बोली आज ‘भाइरल’ भएको छ ।


यी तीन अभिव्यक्तिले राजनीतिक नेतृत्वको वर्तमान मानसिकता प्रस्ट पार्दछ भने पार्टी कार्यकर्तामा सिर्जना भएको निराशा र आलस्य हेर्न गोदावरीमा शुक्रबारदेखि सञ्चालन भएको एमालेको विधान महाधिवेशन हेरे पुग्छ । नयाँ बन्ने भनिएका विधान र नीतिप्रति दलकै कार्यकर्तामा पनि उत्साह छैन । नेताहरु मञ्चमा उभिनासाथ उनीहरुलाई निद्रा लाग्छ । आस्था नै नभएको मूर्तिलाई ढोग्ने हार्दिकता कसरी सिर्जना हुन्छ र ? यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया