• १९ असोज २०८३, सोमबार
  • ४ः४६ बेलुका

कन्नडा नायिका सौजन्या झुण्डिएको अवस्थामा फेला परिन्

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०४:२८

१४ असोज, २०७८ एजेन्सी : भारतको कन्नाडा चलचित्र क्षेत्रकी नायिका सौजन्या मृत फेला परेकी छिन् । उनी बैंगलुरस्थित निवासमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानबाट सौजन्याले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ढोका फोडेर हेर्दा झुण्डिएकी थिइन् ।

National Life

उनी झुण्डिनुको कारणबारे प्रहरीले खोजी चलाएको छ । उनले सुसाइड नोट समेत लेखेको फेला परेको छ । सुसाइड नोटमा बाबुआमालाई माफ गर्न भनेकी छिन् । उनले आफूलाई मानिसक तनाव भएको उल्लेख गरेकी छिन् । उनले आफूलाई साथ र सहयोग दिनेलाई धन्यवाद भनेकी छिन् ।


सौजन्याले कन्नाडाको चलचित्र र टेलिभिजन सिरियलहरुमा अभिनय गरेकी छिन् । पछिल्लो समय भारतीय फिल्मी क्षेत्रमा आत्महत्याको घटना बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया