• 5:30 pm

गुल्मीमा चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार १०:११

१४ असोज, २०७८ काठमाडौँ : गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो । भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए ।


घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।


२४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली (क) १९ वर्षीया लक्ष्मी नेपाली (ख) २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ । चट्याङ लानेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ ।

प्रतिकृया