• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

देशभर बदली, धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०८:४२

१४ असोज, २०७८ काठमाडौँ : देशभरको मौसम बिहीबार सामान्यतया बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा सामान्य परेको मौसमविद्ले बताएका छन्। मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविद्ले बताएका छन्।

National Life

अहिले देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई एक–दई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिकृया