• २९ भदौ २०८३, सोमबार
  • १०ः०७ बिहान

ईपीएलः भैरहवा र चितवनको खेल पनि स्थगित हुने सम्भावना

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०२:२०

११ असोज, २०७८ काठमाडौँ : वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिनमा दुवै खेल प्रभावित बनेका छन् । बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स-११ को खेल रद्द भइसकेको छ ।

National Life

त्रिवि क्रिकेट मैदानम चिसो भएकाले समयममा खेल हुन नसकेपछि ११:४० सम्म पर्खेर खेल स्थगित गरिएको थियो । त्यस्तै, दिउँसो १:३० बजे हुने तय भएको चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सको खेलको टस पनि हुन सकेको छैन । त्यसमाथि अहिले कीर्तिपुरमा पुनः वर्षा हुन थालेसँगै यो खेल पनि स्थगित हुने सम्भावना बढेको छ । वर्षा सुरू भएसँगै पिच ढाकिएको छ ।


भैरहवाको आइतबार दिउँसो सुरू भएको पोखरा राइनोजविरुद्धको खेल पनि वर्षाका कारण स्थगित भएको थियो । र दुवै टोलीले अंक बाँडेका थिए । आयोजकले आजको पहिलो खेल एक खेल मात्रै हुने कुनै अन्य दिनमा हुन सक्ने बताएको छ । यस्तै, दोस्रो खेलको भने आधिकारिक जानकारी आएको छैन । यद्यपि, वर्षा क्रमिकरूपमा बढ्दै गएपछि खेल हुने सम्भावना न्यून देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया