• २९ भदौ २०८३, सोमबार
  • ८ः४५ बिहान

भक्तपुरको तेलकोटमा खुल्यो ‘नगरकोट बेस क्याम्प रिसोर्ट’

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०१:४७

११ असाेज, २०७८ भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेलकोटमा ‘नगरकोट बेस क्याम्प रिसोर्ट’ गत साउन २२ देखि सञ्चालनमा आएको छ । काठमाण्डौं देखी नगरकोट आउने पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको उक्त रिसोर्ट पर्यटन व्यवसायी अशोक थापाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका थापा दक्ष सेफ समेत हुन ।

National Life

रिसोटमा आउने पाहुनालाई अर्गानिक खानाको स्वाद लिन सक्ने तथा मेन्युमा आधारित नभै ग्रहाकको अर्डर अनुसारको परिकार पस्कने थापाको भनाई छ। स्थानिय उत्पादन सहितका स्पेसल नेपाली खाना तथा ईण्डियन कन्टिनेन्टल आईटम उपलब्ध हुनेछन्। रिसोटबाट काठमाण्डौ भ्यालीको अवलोकन सहित प्रकृती संग रमाउन पाईने छ। त्यस्तै नगरकोट बाट फर्किने पर्यटकले अर्गानिक लन्च तथा कफीको मज्जा लिन पाउने छन्। रिसोर्ट कुल १४ रोपनी जग्गामा सञ्चालन गरिएको छ । ‘दृश्यावलोकन गर्दै मिठो स्वादका परिकारमा रमाउन यहाँ निकै राम्रो, सुन्दर र पारिवारिक वातावरण यहाँ छ,’ थापाले भन्छन्, ‘नगरकोट जाने र आउने क्रममा बाटोमा राम्रो रेष्टुरेन्टको अभाव भएकाले यो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’ रेष्ट एण्ड रिफरेसका लागि रिसोर्ट उपयुक्त रहेको थापा बताउँछन् ।


यस अगाडि पर्यटन व्यवसायी कर्ण शाक्यको व्यवस्थापनमा सञ्चालित उक्त रिसोर्ट बिगत केहि बर्षदेखी बन्द अवस्थामा थियो। यस अगाडि पर्यटन व्यवसायी कर्ण शाक्यको व्यवस्थापनमा सञ्चालित उक्त रिसोर्ट बिगत केहि बर्षदेखी बन्द अवस्थामा थियो। केही वर्ष बन्द रहेको रिसोर्टलाई मर्मतसम्भार गरी थापाले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरकोटका होटलहरुका बारेमा जानकारी लिन तथा आवश्यकता अनुसार होटल बुकिङ गर्नका लागि पनि आफूहरुले पर्यटकलाई सहयोग, परामर्श तथा सहजीकरण गर्ने थापाले बताए । रिसोर्टमा ९ वटा रुम छन् भने रुमबाट पनि काठमाडौं भ्याली देख्न सकिन्छ । अब रिसोर्टमा हल बनाउने तयारी भइरहेको छ ।

प्रतिकृया