• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

‘मिस नेपाल युएस’ बनिन् प्रतिक्षा शुक्ला

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०५:२२

१० असोज, २०७८ काठमाडौँ : अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गरेकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित भएकी छन् । त्यसैगरी द्वितीय उपविजेता अलिशा लिम्बु बनेकी छिन् ।

National Life

अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औं वार्षिकोत्सव हो । मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको हो । १० वर्षअघि सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरिएकी थिइन् । १० औं संस्करणको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।


अमेरिका–नेपाल सुन्दरी प्रतियोगिता २०२१ को शीर्ष १० मा पुग्ने प्रतियोगीहरु क्रमशः अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रम न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला) मा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी हुनु अगाडि कोभिड–१९ को जाँच गरिएको थियो । प्रतियोगिताका लागि आधिकारिक छाया चित्रकार राजीब श्रेष्ठ थिए ।

प्रतिकृया