• १९ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

कोठामा थुनेको कुकुर निकाल्दा एक असई तानिए प्रहरी परिसर

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०५:२०

१० असोज, २०७८ काठमाडौँ :  काठमाडौँको जोरपाटीमा एक डेरावालले थुनेको कुकुर निकाल्दा एक एक असई परिसर तानिएका छन्।

National Life

डेरामा बस्दै आएका एक व्यक्तिले कोठामा कुकुर थुनेर हिँडेपछि घरबेटीले काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहसँग समस्या राखेकी थिइन्। कोठाभित्र थुनिँदा कुकुरले कराएर हैरान पारेको र डेरावाला सम्पर्कमा नआएको भन्दै ती घरबेटीले एसएसपी सिंहसँग गुनासो गरेकी थिइन्। महानगरीय प्रहरी वृत्त बौद्धलाई सहयोगका लागि निर्देशन दिइएको थियो।


बौद्ध प्रहरी वृत्त मातहत कार्यरत असई कुकुरलाई निकाल्न घर पुगेका थिए। कुकुरलाई निकालि दिएपछि घरबेटीले खुसी हुँदै ती असईलाई पाँच हजार रुपैयाँ दिएकी थिइन्। सोहि रकम लिएको भन्दै उनलाई परिसरमा तानियो तर घरबेटिले एसएसपी सिंहलाई फोन गरि धन्यवाद दिदै आफु खुसी भएर असईलाई पाँच हजार रुपैयाँ दिएको बताएपछि परिसर नेतृत्वले ‘पैसा किन लिएको’ भन्दै ती असईलाई तानेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

‘आनी आफै खुसी भएर मलाई पैसा दिनुभएको थियो’, ती असईले परिसरका अधिकारीहरुसँग गुनासो गर्ने गरेका छन्। प्रहरीले फेरि बुझ्दा ती घरबेटीले आफुले खुसी भएर पैसा दिएको बताएको स्रोत बताउँछ।
परिसरका एक अधिकारीका अनुसार ती घरबेटीले आफूलाई डेरावालाले साह्रै दुख दिएकाले पटक–पटक निस्कन आग्रह गर्दा अटेर गरेको र यसपटक कुकुर कोठाभित्र थुनेर सम्पर्क बाहिर भएको गुनासो गरेकी थिइन्।

प्रतिकृया