• २१ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

फिल्मी शैलीमा इन्गेजमेन्ट गरिन गायिका इन्दिरा जोशीले

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार १०:४३

८ असोज, २०७८ काठमाडौँ : गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् ।

National Life

इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ रु र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।


इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन् । नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मालगायतले शरदको डिजाइन पेश गर्ने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

​

प्रतिकृया