• २१:३२ २०८० चैत्र १६ गते
  • 9:32 pm

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार १०:३२

242590677 10159630127967354 370934063568342243 n

८ असोज, २०७८ काठमाडौँ : विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।


मल्लका अनुसार यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबर्द्धनको लागि आयोजना गर्न लागिएको हो । फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति चांडैनै तय गरिनेछ । उनले भने, ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ ।’


ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए नेपाल फिल्म सोसाइटी काठमाडौँ, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् । चलचित्र महोत्सवलाई भब्य रुपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूसँग नबराज श्रेष्ठले साथ सहयोगको अपील गरेका छन् ।


नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेका छौँ । तसर्थ विश्वभर फैलिएर बसेका चलचित्रकर्मी तथा नेपाली चलचित्रप्रेमीहरुको सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटिले जानकारी गराएको छ ।

प्रतिकृया