• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

सुनको मुल्यमा पाँच सयले गिरावट, चाँदीको पनि घट्यो

प्रकाशित मिति

२०७८ आश्विन ७ गते, बिहीबार १२:०८

७ असोज, २०७८ काठमाडौँ :  नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ ।


हिजो छापावाल सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

Kamana Sewa

चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १५५ रुपैयाँ कायम छ । असोज लागेसँगै विवाहको सिजन शुरु भएसँगै सुनको मूल्यमा पनि सामान्य रुपमा गिरावट आएको छ ।

Classic Tech Desktop

प्रतिकृया