• ४ साउन २०८३, सोमबार
  • ८:२८ बेलुका

शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? के के हुन उपायहरु

प्रकाशित मिति

२०७८ आश्विन ५ गते, मंगलवार ०६:३२

५ असोज, २०७८ काठमाडौँ : कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ ।


किन हुन्छ सेतो दाग ?

Kamana Sewa

– वंशानुगत कारण

Classic Tech Desktop

– सूर्यको यूभी किरण

– पेटमा समस्या र किरा हुँदा

– कलेजोमा समस्या

– पसिना आउँदा सिस्टम समस्या भए

– मधुमेह, हाइपोथाइराइडजस्ता रोग हुदाँ

– गलत खानाको सम्मिश्रण


सेतो दाग निको पार्ने उपायः

१. एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्ने ।

२. तामाको भाँडाको पानी पिउँदा शरीरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ ।

३. खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरीरमा आइरनको कमी हुँदैन ।

४. बाहिर निस्कनुभन्दा पहिले राम्रो एसपीएफ क्रिम लगाउए घामको किरणबाट जोगिन सकिन्छ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

५. निमको पातको तीन चम्चा रस महमा मिसाएर दैनिक ३ पटक पिएमा दाग हट्छ ।


६. तुलसीलाई दैनिक छालामा लगाए मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ ।

७. दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउँदा पनि दाग हट्छ ।

८. ओखरको पाउडरमा थोरै पानी मिसाएर दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

९. दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउँदा पनि दाग हट्छ ।

प्रतिकृया