• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

सरकारले दियो ५० भन्दा बढी पत्रकार र मिडिया उद्यमीलाई पदक (सूचीसहित)

प्रकाशित मिति

२०७८ आश्विन ३ गते, आईतवार १०:३०

३ असोज, २०७८ काठमाडौँ : सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट विभुषित गरेको छ । पदक पाउनेमा ठूला सञ्चारगृहका मालिकदेखि सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट पत्रकार संगठनका नेताहरु समेत छन् ।


कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी सल्लाहकार सुरेश आचार्य, तारानाथ दाहाललगायत सबैभन्दा बढी पदक युनियन आबद्ध पत्रकारले पाएका छन् । त्यस्तै माओवादीनिकट प्रेस सेन्टर र नेकपा एसनिकट समाजवादी प्रेस संगठन आबद्ध पत्रकारले पनि पदक पाएका छन् ।

Kamana Sewa

सरकारले कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोष्ट, रातोपाटी, बाह्रखरी, इकागजलगायतका मिडियाका सन्चालकदेखि पत्रकारसम्मलाई पदक प्रदान गरेको छ ।

Classic Tech Desktop

पदक पाउने पत्रकार र मिडिया उद्यमीहरु यसप्रकार छन्

सुप्रबल जनसेवाश्री

विनोदराज ज्ञवाली, नागरिक
तारानाथ दाहाल, वरिष्ठ पत्रकार
सुरेश आचार्य, वरिष्ठ पत्रकार
हरिविनोद अधिकारी, वरिष्ठ पत्रकार
कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका
प्रतिक प्रधान, बाह्रखरी
हरिबहादुर थापा, इकागज

सुकीर्तिमय राष्ट्रदीप

कैलाश सिरोहिया,कान्तिपुर
रामेश्वर थापा,अन्नपूर्ण पोष्ट
कीर्तिमय राष्ट्रदीप
ओम शर्मा, रातोपाटी
गुणराज लुइटेल, नागरिक
महेश्वर दाहाल, प्रेस सेन्टर

प्रबल जनसेवाश्री

विश्वमणि पोखरेल
कविर राणा, देशान्तर साप्ताहिक
रविन रायमी, नागरिक दैनिक
रवी मिश्र, नयाँ पत्रिका
अनिता बिन्दु, नेपाल टेलिभिजन
बालकृष्ण चापागाई, समाजवादी प्रेस संगठन
माधव ढुंगाना, कान्तिपुर
प्रकृति अधिकारी, गोरखापत्र
बद्री सिग्देल, अध्यक्ष प्रेस युनियन
ऋषि धमला,अध्यक्ष रिपोर्टस क्लब
अजयबाबु शिवाकोटी, महासचिव प्रेस युनियन
नेत्रबहादुर केसी, बिबिसी
समा थापा, एपीवान टिभी
मुकुन्द दाहाल, न्युज २४
खगेन्द्र अधिकारी, सेतोपाटी
सुनिल महर्जन, ललितपुर
रोशन सापकोटा, रासस
विष्णु खड्का, एपीवान
रेखा भुसाल, प्रेस युनियन
बृजकुमार यादव, बिबिसी
आकांक्षा शाह, काठमाडौं
भिष्मराज ओझा, प्रेस युनियन
शालिग्राम सुवेदी, प्रेस युनियन
गोविन्द धिताल, नेपाल टेलिभिजन
नरेन्द्र साउद, अन्नपूर्ण पोष्ट
लिला बराल, झापा
भवानी कार्की, समाजवादी प्रेस संगठन
बृजलाल पासवान, पर्सा

जनसेवाश्री

भरतबन्धु थापा, फोटो पत्रकार
भुवन शर्मा, नागरिक दैनिक (प्रेस युनियन)
दीपक खरेल, कपिलबस्तु
गिरिजाप्रसाद अधिकारी, तुखबर हेटौंडा
दिपेन्द्र श्रेष्ठ, पोखरा
प्रभातकुमार झा, रौतहट
नारायण अमृत, नेपाल समय
चन्द्रशेखर कार्की, फोटो पत्रकार (सदृष्य)
किसन राई, धरान
डम्बर अधिकारी, तनहुँ प्रेस युनियन
राममाया भट्टराई, बारा

प्रतिकृया