• ४ साउन २०८३, सोमबार
  • ८:२८ बेलुका

यी हुन् महिलामा हृदयघात हुनुपूर्व देखिने लक्षण

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०९:२७

२८ भाद्र, २०७८ काठमाडौँ : विश्वभर मुटुरोगको खतरा तीव्ररुपमा बढ्दै छ। प्राय महिलामाभन्दा पुरुषमा हृदयघात हुन्छ भने छ जुन धारणा विल्कुल गलत छ। यसबाहेक पुरुषमा ४० वर्षपछि र महिलामा ४५ वर्षको उमेर पछि हृदयघात हुने हामी सुन्नमा पाउँछौं।


तर, हृदयघातको कुनै उमेर हुँदैन। चाहे २५ वर्षको उमेर हो वा ४५, हृदयघात जसलाई पनि हुनसक्छ । हृदयघातको एक प्रमुख लक्षण छातीमा दुख्नु हो तर अमेरिकाका क्लीवल्याण्ड क्लीनिक मेडिकल सेन्टरको एक ताजा रिसर्च रिपोर्टको अनुसार हार्ट अट्याकको कयौं यस्तो लक्षण हुन्छन् जुन महिलाहरुमा देखिने गर्छ ।

Kamana Sewa

आउनुहोस जानौं, यसका लक्षण‘

Classic Tech Desktop

गर्दनमा दुखाइ,

प्राय जब छातीमा दुखाई हुन्छ तब सो दुखाईलाई जोडेर हेरिने गरिन्छ। तर, क्लीवल्याण्ड क्लीनिक मेडिकल सेन्टरको दावीका अनुसार महिलाहरुमा हार्ट अट्याक आउने अवस्थामा गर्दन, बङ्गारो, पीठ र पाखुरा दुख्ने गर्छ । जसलाई वेवास्ता गर्न हुँदैन ।

चक्कर लाग्ने,

श्वास लिनमा समस्या हुने हृदयघातको सामान्य लक्षण हो । तर, ताजा रिपोर्टका अनुसार महिलामा चक्कर आउने समस्या पनि सामान्य एक लक्षण मानिन्छ। यसकारण सतर्क हुनु जरुरी छ ।

पेट दुख्ने,

पेटमा दुख्ने समस्या प्राय सबैलाई हुने गर्छ। तर, महिलाहरुमा यदि तीव्र पेट दुख्ने समस्या देखिन्छ वा पेटमा असामान्य दबाव महसूस भैरहको छ भने पनि हार्टअट्याकको लक्षण हुन् सक्छ । यस्तो अवस्थामा तपाई मुटुसम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।

चिसो पसिना आउनु,

शरीरबाट पसिना निक्लनु एउटा सामान्य प्रक्रिया हो । तर महिलालाई हृदयघातको क्रममा चिसो पसिना आउने गरेको कयौंपटक पाइएको छ । यदि चिसो पसिना आउने गर्छ भने तुरुन्त चिक्सिकसँग सम्पर्क गर्न जरुरी छ ।

अत्यधिक थकान महशुस हुनु,

तपाईले धरै आराम गर्नुभयो तर पनि लगातार थकान महशुस भैरहेको छ र उठेर १० पाइला पनि चाल्न सक्नुहुन्छ जस्तो लाग्दैन भने यो पनि हृदयघाटको लक्षण हुनसक्छ । –एजेन्सी

प्रतिकृया