• १८:०५ २०८० चैत्र १५ गते
  • 6:05 pm

ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन

प्रकाशित मिति

२०७८ भाद्र २६ गते, शनिबार ११:१६

16313318231631331823 e1631338270629

२६ भाद्र, २०७८ काठमाडौँ : नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः४५ बजे निधन भएको अनिल केशरी शाहले जानकारी दिए । उपचारका क्रममा राणाको​ हिजोमात्रै डायलाइसिस भएको शाहले बताए ।


राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण शम्शेर निर्वासनमा रहेका बेला सन् १९३६ मा कोलकातामा राणाको जन्म भएकी थियो । राणाले कोलकाताबाटै इतिहासबारे स्नातकोत्तर गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव, नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र भारतका लागि नेपाली राजदूतका रूपमा पनि जिम्मेवारी निभाइसकेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

प्रतिकृया