• ८ असोज २०८३, बिहीबार
  • ४ः४८ बिहान

पाँच बुँदे माग राख्दै डाक्टर केसीले गरे सत्याग्रह घोषणा

प्रकाशित मिति

२०७८ श्रावण २२ गते, शुक्रबार ०१:२९

२२ साउन, २०७८ काठमाडौँ : चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। विभिन्न पाँच बुँदे माग राख्दै केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गरेका हुन्। केसीले शुक्रबार विज्ञप्ति जारी गरी आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

National Life

केसीले आफ्नो मागको पहिलो बुँदामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन्। दोस्रो मागमा उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न माग गरेका छन्। बिपीमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्ने र कार्यदल बनाउन माग गरेका छन्। तेस्रो मागमा उनले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।


उनले चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्न माग गरेका छन्। अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गर्न माग गरेका छन्। पाँचौं बुँदामा केसीले यसअघि आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया