• ४ साउन २०८३, सोमबार
  • ८:१२ बेलुका

पेनकिलरले कसरी शरीरका अंगहरुमा असर गर्छ ?

प्रकाशित मिति

२०७८ श्रावण १९ गते, मंगलवार १२:१२

१९ साउन, २०७८ काठमाडौँ : शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि दीर्घकालिन असर गर्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ ।


दम

Kamana Sewa

केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।

Classic Tech Desktop

पेटमा घाउ हुनसक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।


मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।


कलेजो सुन्निने

पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।


रक्तश्राव हुनसक्छ

एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।


गर्भपात

गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।


रक्तचाप बढ्छ

पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।

प्रतिकृया