• १५ असोज २०८३, बिहीबार
  • १२ः०४ राती

धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ०५:५१

१३ साउन, २०७८ काठमाडौँ : कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।

National Life

लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ । फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।


पछिल्लो समय अभिनय भन्दा पनि समाज सेवामा बढी क्रियासिल धुर्मुस–सुन्तलील अहिले भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । सीतारामले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया