• १५ असोज २०८३, बिहीबार
  • १२ः३३ राती

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ०५:४१

१३ साउन, २०७८ काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

National Life

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो’ चौधरीले बताए, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’


एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया