महन्थ समूहमा पहिरो, पूर्व मन्त्री राजकिशोर र रेनुका उपेन्द्रको यादवको पक्षमा
प्रकाशित मिति
२०७८ श्रावण ३ गते, आईतवार ०४:२४
३ साउन, २०७८ काठमाडौँ : जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् । जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए ।
पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने भएका छन् । उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गई ओली सरकारको राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा फर्किएकी छिन् ।

त्यस्तै उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुरकै पक्षमा लागेका अर्का सांसद रुही नाज पनि पुनः उपेन्द्र यादवको पक्षमा लागेकी छिन् । तीन जनाको गुट परिवर्तनसँगै अब यादवको पक्षमा प्रतिनिधिसभाका १८ सांसद पुगेका छन् ।





प्रतिकृया