• २० असोज २०८३, मंगलबार
  • १ः५३ राती

काभ्रेको बनेपा बजारमै गाडी डुब्ने भल

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार १०:२४

काठमाडौँ : काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ । भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

National Life

त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया