• ११ असोज २०८३, आइतबार
  • १२ः४३ दिउँसो

यादव पक्षका सांसदले दिए सात अध्यादेशविरुद्ध विरोधको सूचना

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०७:०२

काठमाडौँ : जसपाको उपेन्द्र यादव पक्षका दुई जना सांसदले राष्ट्रियसभामा सात अध्यादेश पेश नगर्न विरोधको सूचना दर्ता गराएका छन्। उनीहरुले शुक्रबार सरकारले जारी गरेका अध्यादेश पारित नगर्नका लागि विरोधको सूचना दिएका हुन्। जसपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारी र मृगेन्द्रसिंह यादवले विरोधको सूचना दिएका हुन्।

National Life

संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश, विनियोजन अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेल्वे अध्यादेश र नेपाल प्रहरी तथा प्रदेश प्रहरी सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश रहेका छन्।


ती अध्यादेशहरुलाई सरकारले बिहीबार पहिलो बैठकमा पेश गरेको थियो। ती अध्यादेशहरु संसद छलेर संविधानको भावनाविपरीत ल्याइएकाले सदनले अस्वीकृत गर्नुपर्ने उनीहरुको तर्क छ। सरकारले जेठ ८ गते एकपछि अर्को गरी अध्यादेश ल्याएको छ भने नागरिकता अध्यादेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया