विश्व खेलकुद पत्रकार दिवसको अवसरमा डिलकुमारी नेपाल सम्मानित
प्रकाशित मिति
२०७८ असार १८ गते, शुक्रबार ०६:००
बिमला पाख्रिन्
काठमाडौँ : विश्व खेलकुद पत्रकार दिवसको अवसरमा चितवनकी महिला खेलकुद पत्रकार डिलकुमारी नेपाललाई सम्मान गरिएको छ । उनले खेलकुद क्षेत्रमा निकै लामो समय देखि कलम चलाउदै आएकी छिन् । खेलकुदमा धेरै चासो राख्ने उनी वि.स २०६५ साल देखि महिला क्रिकेट संघमा अध्यक्ष समेत बनेकी थिइन् । उनी अध्यक्ष्य भए पछि चितवन महिला क्रिकेटमा तरङगित नै बनाएकी थिइन् । नेपाललाई कामको प्रशंसा गर्दै जिल्ला गैर सरकारी संस्थाका सचिव नविन रेग्मीले सम्मान गरेका हुन् ।
नेपाल फरक खालको बिचार र विश्लेषण गर्ने सक्ने क्षमता भएकी पत्रकार हुन् । जिल्ला गैर सरकारी संस्था चितवनको सचिव, क्लिन नेपालका प्रोपाइट्रर, युबा व्यावसायी, समाजसेवी नवीन रेग्मीले सम्मान गरेको हुन् । नेपाल प्रदेश नम्बर ३ सदस्य सचिवका प्रबक्ता समेत रहेकी छिन् । केन्द्रीय संघ-संस्था देखि चितवनमा रहेका हरेक संघ संस्थामा उनीलाई महिला प्रतिनिधिका रुपमा राखिने गरेको समेत रेग्मीको दाबि छ । उनीले २०६८ सालमा महिला बास्केट बलको कोच गर्दै राष्ट्रिय स्थारमा सहभागिता जनाउदै आएकी छिन् ।
उनले आफ्नो ल्याप्टप समेत बेचेर टिमलाई काठमाडौँ लागि राष्ट्रिय बास्केट बल चितवनको प्रशंसा अझै सम्म जिवित नै छन् । यो सम्मानले समाजमा गरेका कामको प्रशंसा समेत हुने भएको पत्रकार सापकोटाको भनाई रहेको छ । उनी हाल महिला क्रिकेट प्रशिक्षक हुन् । संस्थाले गर्न नसकने काम उनी एकलै टिमको सहभागिता र खेलाडीलाई खेलकुदमा रमाउने वातावरण उनले सृर्जना गर्ने गर्दछिन् ।







प्रतिकृया