• १३ असोज २०८३, मंगलबार
  • ४ः४८ बेलुका

पाँच विद्यार्थी संगठनले जलाए राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०४:३०

काठमाडौँ : विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। उनीहरुले काठमाडौँको प्रदर्शनी मार्गमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्।

National Life

संसद विघटन गरेर प्रतिगामी कदम चालेकोभन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनले राष्ट्रपति भण्डारी र ओलीविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्।


कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको सम्भावना हुँदाहुँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा संसद विघटन गरिएको भन्दै विपक्षी गठबन्धनले विरोध गरिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया