• १३ असोज २०८३, मंगलबार
  • ८ः१२ राती

राष्ट्रियसभा बैठक जारी, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०४:२४

काठमाडौँ : संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्‍वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सँगै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।

National Life

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ । बैठकमा संवैधानिक परिषद् र सपथलगायत विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ ।

प्रतिकृया