• ११ असोज २०८३, आइतबार
  • ९ः०९ बिहान

युक्रेन युरोकपको क्वाटरफाइनलमा, स्वीडेन पराजित

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०६:५५

काठमाडौँ : स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

National Life

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।निर्धारित ९० मिनेट १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।


अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया