• १२ असोज २०८३, सोमबार
  • ३ः५८ दिउँसो

एमाले स्थायी कमिटि बैठक बस्दै

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार ०८:४०

काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटि बैठक बस्ने पार्टीका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा ओली खेमाका स्थायी कमिटि सदस्यहरु मात्रै सहभागी हुने बुझिएको छ।

National Life

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आन्तरिक छलफलका लागि बैठक डाकिएको जानकारी दिए पनि एजेण्डा निश्चित नभएको बताए। शनिबार पत्रकार सम्मेलन गर्दै एमाले असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नसकिने बताएका थिए। उनले विपक्षी गठबन्धनसँगको सहकार्य नतोड्ने प्रष्ट पारेका थिए।

प्रतिकृया