• ६ असोज २०८३, मंगलबार
  • ४ः०१ बेलुका

युरोकपः फ्रान्सलाई हंगेरीले रोक्यो बराबरीमा

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०७:३८

काठमाडौँ :  विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।

National Life

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति अग्रता लियो । पछि परेको फ्रान्सका लागि ६६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् ।


केलियन एमबाप्पे र हुगो लोरिसले गरेका प्रहार गोलमा परिणत हुन सकेनन् ।पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो भने पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई खेलबाट चार अंकसहित फ्रान्स समूहको शीर्ष स्थानमा छ । समान तीन–तीन अंक भएका जर्मनी र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन् । पुछारको हंगेरीको एक अंक छ ।

प्रतिकृया