• 5:43 pm

खेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा किर्केट पोशाक बितरण

प्रकाशित मिति

२०७८ असार ५ गते, शनिबार ०५:०५

197637204 496779851542297 2551880135111515816 n

काठमाडौँ : खेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा किर्केट पोशाक बितरण गरेकी छन् । गोबिनद ईस्पोटस् ऐकेडेमीका अध्यक्ष समेत रहेकी डिलकुमारी नेपालले खेलाडीहरुलाई आफुले कोच गर्नु मात्र नभई अन्य कुराहरुमा पनि ध्यान दिनुपर्ने जनाएकी छन् । खेलाडी र कोच भनेको नङ र मासुको सम्बन्ध जस्तै हुन्छ भन्दै अनुशासनमा रहन समेत आग्रह गर्दैै संयुक्तरूपमा पोशाक बितरण कार्यक्रम सम्पन्न गरेकी छन् ।


भरतपुर जिल्ला प्रहरी कार्यलय अगाडीको चौरमा निरन्तर रुपमा तालिम दिदै आएकी नेपाल पोशाक बिनाको खेलकुद सुनमा सुगन्ध नहुने भएकाले यो निरन्तरता दिने उदेशयले खेलाडीहरुलाई पोशाकक हस्तान्तरण गरेकी जनाए । आफुले संघमार्फत यसरी कोच भैई पोशाक दिदा अरु संघहरुको पनि पोशाकमा चासो हुने र खेलाडीको पहिचान झल्काउने काम समेतमा खेलाडीलाई चिनाउन पोशाक हुनुपर्ने जनाईन् । यता खेलाडीहरु भन्छन् यो कामले कोच र खेलाडी बिचको मनोबल बढउने छ ।

198576967 527776508638914 3260081574674901785 n

पोशाक हस्तान्तरण गरेको कार्यक्रमा महिला कोचको यो मनोवलमा आफुहरु धेरै नै प्रभावित भएको समेत जनाए । कोरोना सङ्क्रमणको बेला समेत कोच निरन्तर खेल प्रतिको चासो दिएको र कोच प्रति हामी सधै आभारी रहेको बताए ।

प्रतिकृया