• २१:०५ २०८० चैत्र १५ गते
  • 9:05 pm

काठमाडौँ उपत्यकामा थपिए ५०८ नयाँ संक्रमित

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०५:१४

coronavirus Ml320w14Sk e1618467228367

काठमाडौँ : स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३ सय ९४, ललितपुरका ६० तथा भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जना संक्रमितको मृत्यु भएको छ।


गत चौबीस घन्टामा ७ हजार ५ सय ६९ पीसीआर तथा ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण भएको छ। यस्तै गत चौबीस घन्टामा ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ५९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया