• १३ असोज २०८३, मंगलबार
  • २ः३७ दिउँसो

२७६८ जना कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०५:१०

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ वटा पीसीआर र ५ हजार ४ सय ६८ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

National Life

शुक्रबार थप ४४ जनाको मृत्यु भएको छ ।

४ हजार २० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ५९ हजार ६ सय २४ पुगेको छ । परीक्षण गरिएकामध्ये संक्रमित दर १९ प्रतिशत छ । कूल संक्रमित संख्या ६ लाख १७ हजार ९ सय ४७ (पीसीआर परीक्षणमा पुष्टि भएका) र २४ हजार ८ सय ६१ जना (एन्टीजेन परीक्षण गर्दा) पुगेको छ । कूल मृत्यु ८ हजार ६ सय ४१ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया