• ११ असोज २०८३, आइतबार
  • ८ः०८ बिहान

युरो कपमा आज ३ खेल : पहिलो खेल जितेका बेल्जियम र नेदरल्यान्ड्सको नजर नकआउट चरणमा

प्रकाशित मिति

२०७८ असार ३ गते, बिहीबार ०४:०३

कोपनहेगन : युरो कपअन्तर्गत बिहीबार ३ खेल हुँदैछन्। समूह ‘सी’अन्तर्गतको खेलमा नेपाली समयअनुसार युक्रेन र नर्दन मेसेडोनियाबीच पौने ७ बजे, पौने १ बजे नेदरल्यान्ड्स र अस्ट्रिया भिड्दै छन्। समूह ‘सी’को खेलमा डेनमार्क र बेल्जियमबीच पौने १० बजे खेल सुरु हुने छ। प्रतियोगितामा यी ६ वटै टोलीको यो दोस्रो खेल हो।

National Life

यसअघि पहिलो खेलमा अस्ट्रेलिया, नेदररल्यान्ड्स र बेल्जियमले जित हात पारेका थिए। बिहीबारको खेलमा जित हात पार्न सकेमा नेदरल्यान्ड्स, अस्ट्रेलिया र बेल्जियमको दोस्रो चरण पुग्ने पक्का वा सम्भावना बलियो हुने छ। युक्रेन र नर्दन मेसेडोनियाले पहिलो खेलमा हार ब्यहोरेका थिए। युक्रेनले नेदरल्याण्ड्ससँग ३-२ र नर्दन मेसेडोनियाले अस्ट्रियासँग ३-१ गोलको हार ब्यहोरेको थियो।


अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जितको विकल्प छैन। युक्रेनले पछिल्ला दुई भिडन्तमा नर्दन मेसेडोनियालाई पराजित गरेको छ। यसैगरि बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० गोलले पराजित गरेको थियो भने डेनमार्कले फिनल्यान्डसँग १-० गोलको हार ब्यहोरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

फिनल्यान्डसँगको खेलको पहिलो हाफमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनलाई हृदयघात भएको थियो जसका कारण केही समय खेल रोकियो। मैदानमै अक्सिजनसहितको प्रारम्भिक उपचारपछि एरिक्सनलाई अस्पताल लगिएको थियो। उनको होस् खुलेपछि डेनमार्क फेरी मैदान फर्किएको थियो। समूहमा बेल्जियमको एक खेलबाट ३ अंक छ।


रुस र फिनल्यान्डको २ खेलबाट समान ३ अंक छ। एक खेल खेलेको डेनमार्कले अंक जोड्न सकेको छैन। बेल्जियम १० खेलयता अपराजित छ। डेनमार्कविरुद्धका पछिल्ला लगातार दुई खेल बेल्जियमले जितेको छ। नेपाली समयअनुसार मध्यरातमा पहिलो खेल जितेका अस्ट्रिया र नेदरल्याण्ड्स भिड्दैछन्। नेदरल्याण्ड्सले अस्ट्रियाविरुद्धका पछिल्ला लगातार ५ खेल जितेको छ।

प्रतिकृया