• २३:५७ २०८१ बैशाख ६ गते
  • 11:57 pm

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

प्रकाशित मिति

२०७८ असार ३ गते, बिहीबार ०३:५३

nepse e1615802710649

काठमाडौँ : नेप्से परिसूचक आज १.२९ अंकले घट्दै २९६८.४३ विन्दुमा रोकिएको छ । आज २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको सेयर किनबेचमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रूपैयाँ कारोबार भयो । पछिल्ला केही हप्ताको कारोबार रकमको तुलनामा यो कारोबार ५/६ अर्बले कम हो । हिजो साढे १५ अर्ब बराबरको कारोबार भएको थियो ।


जोखिममा रहेको भनी धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीमध्ये केहीको सेयर भने उच्च अंकले बढेको छ । खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म वृद्धि भएको हो । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढ्यो । सीईडीबी कम्पनीको सेयर करिब ७ प्रतिशतले घटेको छ ।


आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ७६ करोडको कारोबार भयो । विकास बैंक समूहको सेयर मूल्य २।४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स कम्पनीको सेयर १.१९ प्रतिशतले घटेको छ ।

प्रतिकृया