• ५ साउन २०८३, मंगलबार
  • ९:३९ बिहान

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

प्रकाशित मिति

२०७८ जेष्ठ २८ गते, शुक्रबार ०३:३३

काठमाडौं : सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३४५औं सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको हो ।


गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीईओमा पोखरेल नियुक्त भएका थिए ।

Kamana Sewa

सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलले एनआईसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड, म्यानमाको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् । -रासस

Classic Tech Desktop

प्रतिकृया