• १६ असोज २०८३, शुक्रबार
  • १०ः३३ राती

प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला असार ११ मा आउन सक्ने (आदेशसहित)

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०६:२१

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतले ११ असारमै फैसला सुनाउने सम्भावना देखिएको छ । आजको सुनुवाई पछि जारी आदेश अनुसार अदालतले असार ११ मा फैसला दिनसक्ने सम्भावना देखिएको हो ।

National Life

संवैधानिक इजलासले आज आदेश जारी गर्दै समयसीमा समेत तोकेर सक्कल मिसिल प्रमाणका लागि साथै राख्न, अदालतको सहयोगी अर्थात् एमिकस क्यूरीको रुपमा तत्काल लेखी पठाउन, असार १० गतेभित्रमा एमिकस क्यूरीलगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीलाई लिखित बहसनोट पेश गर्न जनाउन दिन समेत आदेश दिएको छ ।


२०७८ साल असार ९ गते रिट निवेदनमा उठाइएका प्रश्नहरु पेश गर्न भनेको छ । आदेशमा भनिएको छ,‘प्रस्तुत निवेदनमा उठाइएका प्रश्नहरु सार्वजनिक महत्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउनु आवश्यक हुँदा प्रस्तुत रिट निवेदनका सम्बन्धमा निरन्तर सुनुवाई प्रकृया अपनाई अन्तिम सुनुवाई गर्ने गरी मिति २०७८ साल असार ९ गते नियमानुसार पेश गर्नू ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया