• १५ असोज २०८३, बिहीबार
  • १२ः०१ राती

बूढानीलकण्ठमा देउवासँग प्रचण्ड र माधव नेपालको वार्ता

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०५:२२

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । अहिले देउवासँग उनीहरूको छलफल चलिरहेको स्रोतले बतायो ।

National Life

आजै दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको वैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका थिए ।


हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया