• ११ असोज २०८३, आइतबार
  • १०ः४९ बिहान

खाडी मुलुकमा ५० वटा शवसहित १० हजार नेपाली अलपत्र, समयमा नै उद्दार गर्न सरकारसँग माग

प्रकाशित मिति

२०७८ जेष्ठ २२ गते, शनिबार १२:२३

काठमाडौं : नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० वटा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका तथा कोरोना भाइरसको कारण अलपत्र श्रमिकहरुको उद्दार गर्न नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रुत प्रतिकार्य समूह तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

National Life

युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिलाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको समाजका प्रवक्ता बिजय भुसालले जानकारी दिएका छन् । नेपाल लगायत विभिन्न मुलुकहरुमा कोरोना भाइरस कोभिड९१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरूको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया , साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स युएई , कतार बहराइन,ओमन लगायतका देशहरुमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरु र उक्त देशहरुमा कार्यरत रहदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो र जानकारी दिनहुँ आउने गरेको समाजका प्रवक्ता बिजय भुसालले बताए ।


समाजले एक विज्ञप्ति जारी गर्दै आवश्यकताअनुसार फ्लाइट गर्ने व्यवस्था मिलाएर प्रतीक्षारत श्रमिक र मृतकका शवलाई अविलम्ब नेपाल फर्काउन संयन्त्र र नेपाल सरकारले तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने अनुरोध गरेको छ। विगतको वर्षमा झै यो वर्ष कुनै पनि देशमा श्रमिकहरु अलपत्र र भोकभोकै दयनीय अवस्थामा स्वदेश फर्किने दिन गन्दै बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिन अहिले नै नेपाल सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउन समेत हाम्रो संस्था नेपाली मजदुर एकता समाज नेपाल सरकारद्वारा बनाएको संयन्त्र तथा नेपाल सरकार समक्ष माग गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मजदुर समाजका महासचिव समर्पण भट्टराईको सक्रियतामा संकलन गरिएको पछिल्लो जानकारी अनुसार प्रत्यक्ष श्रमिक र दूतावास श्रोत मार्फत प्राप्त पछिल्लो जानकारी अनुसार युएईमा २ वटा शव सहित ४ देखि ५ हजारको संख्यामा नेपालीहरु स्वदेश फर्कन पाएका छैनन त्यसैगरि मलेसियामा पनि ३० वटा भन्दा बढि शवहरु सहित हजारौं नेपाली स्वदेश फर्किन पाएका छैनन भने साउदी अरेबियामा पनि १० वटा भन्दा धेरै शवसहित हजारौंको संख्यामा नेपालीहरु प्रतीक्षारत रहेका छन । त्यस्तै, कतारमा ५ ,कुवेतमा ३,बहराइनमा १ शव सहित सयौं नेपाली श्रमिक स्वदेश फर्किने प्रतीक्षामा छन् ।


ओमनबाट पनि सयौं नेपाली स्वदेश फर्किन चाहेका छन् । यस विषयमा समयमै नेपाल सरकार गम्भीर भएर कदम नचाले विगतको वर्ष जस्तै हजारौं हजार नेपाली विदेशमा अलपत्र पर्ने हुँदा नेपाल सरकारको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष तेजबहादुर कार्कीले बताएका छन् ।

प्रतिकृया