• १५ असोज २०८३, बिहीबार
  • ४ः२९ बिहान

दक्षिणसुडानमा नेपाली सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवले दिए प्रशंसा पत्र

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ०२:०१

फाइल तस्वीर

National Life

काठमाडौँ : शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्। दक्षिण सुडानमा तैनाथ श्री कालीध्वज गण (शा.से) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप महासचिवले युएन ‘लेटर अफ कमेन्डेसन’ दिएका हुन् ।


गत मंसिर १० गते दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भई बफर जोनको रूपमा काम गरी ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलका कारण सम्भावित ठूलो जातीय हिंसा रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई सम्मान प्राप्त भएको हो ।

प्रतिकृया