• ४ साउन २०८३, सोमबार
  • ७:५९ बेलुका

उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्ने

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०४:२५

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।


त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

Kamana Sewa

प्रतिकृया