• २२ भदौ २०८३, सोमबार
  • १०ः३२ राती

भारतमा २१ लाखमा झरे कोरोनाका सक्रिय संक्रमित, २१ करोड २१ लाखले लगाए खोप

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०७:५४

काठमाडौं: भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार २ लाख ३७ हजार ५६८ जनालाई निको भएको छ । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको थियो । शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको थियो । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो ।

National Life

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ५६ लाख ८४ हजार ५२९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।


भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । आइतबार १ लाख ५३ हजार ३४७ जना संक्रमित थपिएका छन् । शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका थिए । शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका थिए ।

Classic Tech Desktop

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८० लाख ४६ हजार ९५७ जना संक्रमित पुगेका छन् ।


आइतबार ३ हजार १२९ जनाको ज्यान गएको छ । शनिबार ३ हजार ४६३ जना संक्रमितको ज्यान गएको थियो ।
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । योसँगै भारतमा अहिलेसम्म ३ लाख २९ हजार १२७ जनाको ज्यान गइसकेको छ ।


सक्रिय संक्रमित घटेर २० लाख २२ हजार १०३ मा पुगेका छन् । अहिलेसम्म भारतमा २१ करोड २० लाख ६६ हजार ६१४ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।

प्रतिकृया