• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

उपत्यकामा आज २६१३ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार ०५:२८

काठमाडौ : उपत्यकामा पछिल्लो २४ घण्टामा २६१३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा १८६३, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ गरि २६१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज देशभर ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २२ हजार ९३६ पीसीआर र ६३० जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६३६ जनामा पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ ।

Kamana Sewa

अहिले १ लाख १७ हजार २६१ जना संक्रमित आइसोलेसनमा छन् ।नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये ४ लाख ४८ हजार ८८७ जना निको भएका छन् भने ६७ सय जनाको मृत्यु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया