• 9:21 am

एनएलजी इन्स्योरेन्सको २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन

प्रकाशित मिति

May 12, 2021

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीले २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरणमा उल्लेख छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३६.२४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।१ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ रहेको थियो । सोही अवधिको तुलनामा कम्पनीको नाफा ३५.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले ३८ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

 

आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४६ हजार ८ सय ३५ रुपैयाँले कमी हो । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा राम्रो प्रगति गरे पनि कम्पनीको खुद दाबी भुक्तानी भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चैत मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ३ सय ८२ रुपैयाँ १९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ ।

प्रतिकृया