• १४:३४ २०८० चैत्र १६ गते
  • 2:34 pm

गाजाको १३ तले भवनमा रकेट आक्रमण

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ११:२२

Rockets target Tel Aviv e1620797863138

एजेन्सी  : गाजापट्टीमा रहेको १३ तले भवनमा प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा रकेट आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ ।

त्यहाँका बासिन्दालाई बाहिर निस्कन भनेको डेढ घण्टा भित्रै हावाई आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । रकेट आक्रमणको जवाफमा गाजामा रहेका बिद्रोहीलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।पछिल्लो पटक भएका हिंसामा कम्तीमा ३१ जनाको ज्यान गएको छ । इजलायल तर्फ तीन तथा प्यालेस्टाइन तर्फ कम्तीमा २८ जनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समुदायले तनाव कम गरि हिंसा अन्त्यका लागि अपील गरेका छन् । जेरुशेलाममा भएको हिंसाको घटनापछि त्यसले बिस्तारित रुप लिएको छ । बिद्रोहीहरुले जेरुशेलमसहितका क्षेत्रमा सयौँ रकेटहरु यसअघि नै प्रहार गरिसकेका छन् ।

प्रतिकृया