• ११ असोज २०८३, आइतबार
  • ५ः१० बेलुका

२०१औँ अन्तर्राष्ट्रिय नर्स दिवसमा राष्ट्रपतिले नर्सको प्रशंसा गरिन्

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार १०:५०

काठमाडौं:विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धमा अग्रभागमा रही सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् ।  सो अवसरमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना  दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

National Life

 

बुधबार नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराकासाथ  मनाइँदैछ ।  हरेक मे १२को दिन आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

‘विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनको ट्वीटमा उल्लेख छ ।

प्रतिकृया