कोभिड १९ बढेसँगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणको काम तीव्रता
प्रकाशित मिति
२०७८ बैशाख २७ गते, सोमबार ११:३९
पवित्रा थापा मागर
धादिङ : आइशोलेसन नयाँ भेरियन्ट सहितको कोभिड १९को दोस्रो लहर बढेसँगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्रता दिएको छ । कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएसँगै सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानिय तहले आइसोलेशनको निर्माणको कामलाई तिव्रता दिएको हो ।
जिल्लामा रहेको १३ स्थानीय तहमा २ सय ४१ शैयाको आइसोलेसन निर्माण गरिएको छ । जसमध्ये धादिङ अस्पतालले ५० वेड, धुनिवेसी नगरपालिकामा २० वेड, गजुरी गाउँपालिकामा ३० वेड, बेनिघाट रोराङ गाउँपालिकामा २९ वेड, सिद्धलेक गाउँपालिकामा १५ वेड, त्रिपुरासुन्दरी गाउँपालिकामा १५ वेडमा अक्सिजन सहितको आइशोलेसन तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै नेत्रावती डबजोङ गाउँपालिका ५ वेड, थाक्रे गाउँपालिका ५ वेड, रुवीभ्याली गाउँपालिकामा ५ वेड, खनियाबास गाउँपालिका ५ वेड, गंगाजमुना गाउँपालिकामा ५ वेड, ज्वालामुखी गाउँपालिका ५ वेड र पत्रकार महासंघ धादिङ शाखाको हलमा २ वेडको आइशोलेसन निर्माण गरी तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै गल्छी गाउँपालिकामा २५ वेडको आइशोलेसन निर्माण गरिएको र आवश्यक परेमा ५० वेडको निर्माण गरिने गाउँपालिकाले जनाएको छ । हालसम्म जिल्लामा सक्रिय संक्रमित ६ सय ८९ रहेकोमा ४ सय ८० जना जिल्ला भित्र र २ सय ९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । त्यस्तै जिल्लाभर हालसम्म संक्रमितको संख्या २ हजार २ सय ७५ पुगेको छ भने १९ जनाको मृत्यु भएको छ ।







प्रतिकृया