• १२ असोज २०८३, सोमबार
  • १ः११ राती

यस्तो छ टेकु अस्पतालको हालत

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ०९:०२

काठमाडौं : भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् ।

National Life

 

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी भएको नर्सले जानकारी दिँदा उनकी श्रीमती पुलुक्क श्रीमान्तिर हेर्दै अनुहार उज्यालो बनाउँथिन् । त्यही खबर आफन्तलाई सुनाउँथिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै जाँच गराउन ल्याइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’ बिरामीकी श्रीमतीले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्७शधवसयायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’

 

उनले हैरानीका फेहरिस्त सुनाउँदै गइन् । ‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्थ्यौं । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ उनले भनिन्, ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं । हामी पुग्दा अरूलाई पनि बाहिरै राखेर उपचार भइरहेको रहेछ । बाहिर भए पनि अक्सिजन दिने भएकाले यहीं राख्यौं ।’

 

आइतबार बिहान ६ बजे आकस्मिक कक्ष बाहिरको भुइँमै बसेर अक्सिजन लिइरहेका उनलाई अपराह्न ४ बजेमात्रै भित्र बेडमा सारिएको थियो । यो समाचारकान्तिपुर दैनिकमा छ ।

प्रतिकृया